• Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050
  • Tansen Trust 2050

 

नमस्कार.........

धेरै वर्ष पछि तानसेन गुठी पनि "डिजिटल संसार" मा प्रवेश गर्दै गुठीको आफनै वेबसाईट www.tansenguthi.org मा सम्पूर्ण गुठीयार तथा यस वेबसाईट अवलोकनकर्ताहरुलाई स्वागत गर्नपाउँदा हामी सबैलाई साँच्चैनै हर्षित तुल्याएको छ। 

हाम्रो जन्मस्थल, हामीलाई सदैव माया र सुन्दर लाग्ने ऐतिहासिक नगरी तानसेनबाट शिक्षा आर्जन तथा पेशागत बाध्यतावश स्थायी वा अस्थायी रुपमा देशको राजधानी काठमाडौँमा बसाईं, सराई हुने क्रमसँगै तानसेन पाल्पाका नेवारहरुको प्राचिन धर्म, संस्कति र परम्परालाई निरन्तरता दिने प्रयास स्वरुप बि.सं. २०४९ साल चैत्र २७ गते केही उत्साही तन्नेरीहरुको सक्रियता र अभिभावकिय भूमिका खेल्ने बुद्धिजिवीहरुको सल्लाह र मार्गनिर्देशनमा एउटा भेलाको आयोजना गरि तानसेन गुठीको विजारोपण गरिएको थियो। उहाँहरुलाई हामी गुठीका सम्पूर्ण सदस्यहरुबाट गुठीलाई एउटा सार्थक उद्देश्यका लागि जन्म दिनुभएकोमा मुरीमुरी धन्यवाद दिनै पर्दछ।

यस वेबसाईटलाई धेरै भन्दा धेरैले हेर्न र बुझ्न सकुन भन्ने अभिप्रायले यो वेबसाईट मुख्य रुपमा नेपाली भाषामा तयार गरिएको छ, साथै यो साईटमा "अंग्रेजी" लेखिएको बटनमा "क्लिक" गर्ने बित्तिकै साईटका सम्पूर्ण सूचीहरु अंग्रेजी संस्करणमा पनि आगामी दिनमा विचरण गर्न सकिने जानकारी गराउँदछौं। हामीले तानसेन गुठीको गर्भकालको ईतिहास देखि लिएर आगामी  कार्यक्रमहरु (ईःही र ब्रतबन्ध आदी) समेत तिथि मिति सहित उल्लेख गरि यहाँहरु समक्ष पस्कने जमर्को गरेका छौं। विगतका दिनहरुमा सम्पन्न भैसकेका

गुठीका मुख्य मुख्य कार्यक्रम र गतिविधिहरु सचित्र संक्षिप्तरुपमा प्रस्तुत गरिएको छ भने मुख्यपृष्ठको व्यानरमा तानसेन पाल्पाको मुख्य आकर्षणहरुलाई "स्लाईड शो" को रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छौ। यो वेबसाईटको लागि भनेर हामीले विशेष रुपमा पुराना चाखलाग्दा, तानसेनको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक, र तत्कालिन सामाजिक जिवनशैली झल्कने दुर्लभ तस्वीरहरु संकलन गर्ने सकभर प्रयास पनि गरिरहेका छौं। यदी तपाईहरुसँग पनि यस्ता दुर्लभ फोटोहरु भएको खण्डमा सवर्णन हामीलाई पठाईदिनुभएमा (फोटो डिजिटल ईमेल गरी वा फोटोनै पछि फिर्ता हुनेगरि) यस वेबसाईटलाई अझ बढी आकर्षक, रमाईलो र जानकारीमूलक बनाउन ठूलो सहयोग मिल्ने छ। वर्तमान विश्वनै डिजिटल संसारमा परिणत भैसकेको अवस्थामा हामीले हाम्रो धर्म, सँस्कृती र परम्परालाई कायम राख्दै यसको प्रर्वद्धन र भावानात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउन यसले थप मद्दत पुग्नेमा विश्वास राख्दै २१ औं शताब्दिको अत्याधुनिक संचार क्षेत्रमा पाईला हालेकाछौं।  कति सजिलो! अब संसारको जुनसुकै कुनाबाट पनि सदस्यताको लागि योग्य व्यक्तिहरुले यस वेवसाईट मार्फत नयाँ सदस्यता ग्रहण गर्न तथा विद्यमान गुठियारहरुले आफ्नो सदस्यता नविकरण पनि गर्न सक्ने व्यवस्था गरिदैंछ।  

यस वेबसाईटको निर्माणमा लागेको सम्पूर्ण व्ययभार प्रायोजन गर्नुहुने अति सहृदयी तानसेन शितलपाटी, असनटोल निवासी हाल हाँडिगाउँ, विशालनगर, काठमाडौँवासी श्री राजेन्द्र प्रसाद प्रधानलाई हामी हार्दिक धन्यवाद टक्रयाउँन चाहन्छौं।  साथै यौ Website निर्माणमा गुठिको तर्फबाट अहोरात्र खट्नु भएका संयोजकहरु श्री दिनेश प्रसाद थान्जू र श्री जुजु मोहन श्रेष्ठलाई पनि धन्यबाद दिन चाहन्छौ |

 

तपाईहरु सबैमा हाम्रो विनम्र अनुरोध यो छ कि यस वेबसाईटलाई अझ आकर्षक, जानकारीमूलक र लोकप्रिय बनाउनको लागि र तानसेन गुठीका सम्पूर्ण गतिविधिहरुको विषयमा तपाईहरुको अमूल्य सुझाव तथा सल्लाहहरु (गुनासाहरु पनि) हाम्रो ईमेल ठेगाना  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा नियमित रुपमा पठाई दिनुभै हामीलाई माया र भरोसा दिँदै हाम्रो वेबसाईट रमाईलोसँग अविरलरुपमा विचरण गर्दै रहनु होला।

नमस्कार......................