ज्येष्ठ सदस्यहरुलाई सम्मान

Go Back

तानसेन गुठीले यसका सदस्य तथा परिवारका ९० वर्षीय आदरणीय ज्येष्ठ सदस्यहरुलाई सम्मान पूजा गर्ने परम्परालाई निरन्तरता दिने क्रममा यहि २०७१ माघ १७ गते, शनिवारका दिन गुठीका आजीवन सदस्य श्री पृथ्वी कुमारी श्रेष्ठ ( माता: डा. पुष्पा श्रेष्ठ, जयन्ती श्रेष्ठ , प्रमी श्रेष्ठ, प्रकाश श्रेष्ठ तथा विकास श्रेष्ठ ) ज्यू ९१ वर्ष पुगेको उपलक्ष्यमा वहाँलाई म्हेपी स्थित वहाँको निवासमा गुठी पदाधिकारी तथा वहाँको परिवारजनको उपस्थितिमा सम्मान पूजा गरियो । साथै वहाँले उपस्थित सबैलाई टीका, फूलप्रसाद , दक्षिणा र आशिर्वाद दिनु भएको थियो ।