पाल्पाली नेवाः धिमेबाजा खलः लाई स्वागत तथा सम्मान

Go Back

तानसेनगुठी काठमाण्डौंले २०७१ कार्तिक ३ मा पाल्पाली नेवाः धिमेबाजा खलः का युवाहरुलाई काठमाण्डौंमा स्वागत तथा सम्मान गरेको छ ।

नेवाः मौलिक सस्कृति र परम्परालाई जिवन्त राख्न र यसको सम्बर्धनको लागि तानसेन टक्सार टोलबाट १० देखि ४४ वर्षसम्मका ७ जना जोशिला युवाहरु स्वस्फूर्त रुपमा आफ्नै खर्चमा धिमेबाजा सिक्नकोलागि काठमाण्डौंसम्म आई नेवारी धिमेबाजाको तालिम प्राप्त गरेको थियो । तालिम लिनेहरुमा, श्री बाबुरत्न शाक्य, वर्ष ४४ संयोजक, श्री राजन बज्राचार्य, वर्ष १७, श्री नवनीत शाक्य, वर्ष १७,श्री सुमित श्रेष्ठ, वर्ष १५, श्री सिद्धान्त चित्रकार, वर्ष १४, श्री ज्यूसरत्न शाक्य, वर्ष १३ र श्री शुभ्म रत्न शाक्य, वर्ष १० रहेका छन् । झि नेवाः बाजा खलः काठमाण्डौंका गुरु श्री शेष नारायण महर्जन तथा पूर्णकाजी महर्जनको विषेश सहयोगमा १२ दिनसम्म धिमेबाजाको तालिम प्रदान गरिएको थियो । नेवारी सस्कृति र कला को प्रतिकको रुपमा रहेको धिमे बाजा बजाउने सीपलाई जगेर्ना र यसको निरन्तरताको लागि यी युवाहरुले अन्य युवा साथै महिला युवाहरुलाई पनि बजाउने सीप सिकाउने जानकारी पनि पाल्पाली नेवाः धिमेबाजा खलः संयोजक श्री बाबुरत्न शाक्यज्यूले दिनुभएको थियो। वहाँले यस कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

तानसेन गुठी काठमाण्डौंका अध्यक्ष श्री अनुपलाल कक्षपतीज्यूले हरेक कार्यको नेतृत्व युवावर्गबाट नै भैआइरहेको परिप्रेक्षमा तानसेनका जोशीला युवाहरुबाट नेवाः संस्कृती र कलालाई बढावा दिन पाल्पाली नेवाः धिमेबाजा खलः ले स्थानिय स्तरमा हुने महत्वपूर्ण उत्सवहरुमा सहभागिताले नेवारहरुको उपस्थित तथा पहिचान झल्कने हुँदा यसको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुहुँदै पाल्पाली नेवाः धिमे बाजा खलः लाई प्रोत्साहन स्वरुप एक थान धिमे बाजा उपहार प्रदान गर्नु भएको थियो ।

सबै युवाहरुलाई बधाई तथा शुभकामना साथै प्रशिक्षण प्रदान गर्नुहुने गुरु श्री शेष नारायण महर्जन तथा पूर्णकाजी महर्जनज्यूमा धन्यवाद व्यक्त गर्नुभएको थियो। तानसेन गुठी काठमाण्डौंका निवर्तमान्अध्यक्ष श्री हिमाल कसजूज्यूले धिमेबाजा नेवारहरुको मौलिक पहिचान भएको र नेवारी संस्कृती, सीप, कला र परम्परालाई बढाउन स्वस्फूर्तरुपमा तानसेन, पाल्पाबाट आएका युवाहरुको प्रसंशा गदै, आफ्नो मौलिक संस्कृति र परम्परा हराउँदै गएकोअवस्थामा युवाहरुले नयाँ कुराको थालनी गरेकोमा गर्व गर्दै धन्यवाद दिनु भएको थियो । भाषा, संस्कार, संस्कृतिको पहिचान, सीप, कलाको जोर्गेनाको लागि तानसेन गुठी सदैव तयार रहेको मन्तव्य दिनु हुँदै प्रशिक्षण प्रदान गर्नु हुने झि नेवाः बाजा खलः काठमाण्डौंका प्रशिक्षकज्यूहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।